मिथिला लघुवित्तका संचालक कुमार श्रेष्ठको राजिनामा स्वीकृत
२२ माघ २०७९, आईतवार १०:२२

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक मनोज कुमार श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । कम्पनीको माघ २१ गते दिँउसो ३ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम माघ २१ गतेबाट लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।
संस्थाका संचालक समितिमा सर्वसाधारण शेयरधनीको समुह तर्फबाट प्रतिनिधित्व गर्दै आएका श्रेष्ठले केहि दिन अघाडि आफ्नो पदबाट राजिनामा दिएका थिए ।












