आरएमडीसी लुघवित्तको नाफा र इपीएस दुवै बढ्यो, ११ अर्बको कर्जा परिचालन

२२ माघ २०७९, आईतवार १०:२८

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ ।

चालु आवको ६ महिनासम्ममा लघुवित्तले २० करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा २२.५८% ले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी २०.४६% ले बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा आरएमडीसीले २७ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि २५.६६% ले बढेर २९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २३ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा आरएमडीसी लघुवित्तको वितरणयोग्य नाफा ११ करोड ३४ लाख रुपैयाँ छ । यसअवधिमा नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर ३३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ०४ पैसा छ ।

दोस्रो त्रैमाससम्ममा लघुवित्तको चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार ८.२१ प्रतिशतले बढेर कोषमा १ अर्ब २० करोड रुपैयाँ संचित रहेको छ । साथै यस अवधिसम्म संस्थाको कर्जा परिचालन ११ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*