लाभांश प्रस्ताव सहित मिथिला लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

२२ माघ २०७९, आईतवार १०:५५

काठमाडौं । मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ २१ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा फागुन १७ गते, न्यु बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे आह्वान गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तसम्म कायम पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३६८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सोअि हदसम्मको जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत चौधौं वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । साथै, आव २०७८।७९ को लेखापरिक्षण प्रतिवेदन सहित असार मसान्त सम्मको वासलात र नाफा नोक्सान हिसाब तथा नगद प्रवाह संग सम्बन्धित वित्तिय विवरण पारित गर्ने छ ।

चौधौं साधारण सभा प्रयोजनको लागि फागुन ५ गते यस संस्थाको शेयर दाखिला खारेज बन्द हुने भएको छ । यसर्थ फागुन ४ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*