बम्पर लाभांश सहित उपकार लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

२३ माघ २०७९, सोमबार १०:५२

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सभा फागुन १८ गते, बैंजानाथ १, गाभार भ्याली, बाकेमा आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ६१ दशमलव ७५ बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव २५ नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांस प्रस्ताव पारित गर्ने छ । सभाले संस्थापक समुुहबाट २ जना र सर्वसाधारण शेयरधनी समुहबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि फागुन ४ गते १ दिनको लागि बुकक्लोज मिति तय गरेको छ । यसर्थ फागुन ३ कायम रहेका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*