सनराइज बैंकद्वारा सम्बन्धित शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध
२३ माघ २०७९, सोमबार १२:१२

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले पाँच वर्ष पुरानो लाभांश हालसम्म पनि भुक्तानी नलिएका शेयरधनीहरुलाई लाभांश भुक्तानी लिन आउन भनेको हो ।
सनराइज बैंकको साधारण सभाबाट पारित भई वितरण गरेको लाभांश रकमहरु बुझिलिन बाँकी रहेका शेयरधनीहरुले आफ्नो शेयर प्रमाणहरु वा डिम्याट खाता नम्बरका साथ लिन बाँकी रहेको लाभांश रकम बुझिलिन बैंकले अनुरोध गरेको हो ।
साथै सम्बन्धित शेयरधनीहरुले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्नेछन् । साथै तोकेको समयभित्र शेयरधनीहरुले उक्त लाभांश बुझिलिन नआएको खण्डमा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।












