साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन, सीआरएन नम्बर यथावत्

२३ माघ २०७९, सोमबार १२:३२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक लिमिटेडका ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक लिमिटेड एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा पुष २७ गेतबाट एकीकृत कारोबार सुरु गरेसँगै साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको हो ।

सम्बन्धित खातावालाहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

सार्थ एनसीएचएल कनेक्ट आइपीएसमा आवद्ध ग्राहकहरुको खाता नम्बर बैंक मार्फत नै अद्यावधिक गरिसकिएको र हाललाई सी–आस्वा प्रयोजनार्थ ‘सीआरएन’ नम्बर समेत यथाव्त नै रहेको बैंकले जनाएको छ ।

 

May be an image of text

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*