आदर्श लघुवित्तको शेयरमा निरन्तर सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२३ माघ २०७९, सोमबार १५:०८

काठमाडौं । नेप्से २।५९ अंकले बढ्दा आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।गत सातादेखि सर्किट लेभलमा कारोबार भएको आदर्श लघुवित्तको शेयरमा आज पनि सर्किट लागेको छ।
त्यस्तै, माहुली लघुवित्त, सिभिल लघुवित्त, स्र्पोट माईक्रोफाइनान्स, नेपाल एसबीआई बैंक, युनिभर्सल पावर, माछापुच्छे बैंक, स्टान्डर्ड च्यार्टर बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर उकालो लागेको छ ।













