२५५ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
२३ माघ २०७९, सोमबार १६:२१

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पुष मसान्तसम्ममा २५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ६ महिनाको वित्तीय अवस्थाअनुसार हालसम्म २५५ बैंक तथा वित्तीइ संस्थाहरु मर्जरमा सामेल भएका हुन् ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म साढे २ सय भन्दा बढी संस्थाहरु मर्जरमा गएका हु्न् । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।












