साना कम्पनीको सेयर कारोबार गर्न ‘एसएमई प्लेटफर्म’ तत्काल सञ्चालनमा आउँछ: अध्यक्ष हमाल

२३ माघ २०७९, सोमबार १६:५९

काठमाडौं ।  साना तथा मझौला कम्पनी ‘एसएमई प्लेटफर्म’ को छुट्टै कारोबार हुने गरी तत्काल सञ्चालनमा आउने भएको छ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आवश्यक नियामवली ९५ प्रतिशत भएको जानकारी गराउँदै दुई महिना भित्रैमा सञ्चालनमा आउने बताए।

एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिसकेका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पठाउँछौं, मन्त्रिपरिषदले पास गरेपछि नेप्सेमा एसएमई प्लेटफर्म तयार गरि कार्यान्वयनमा ल्याउँछौं, कार्यान्वयनमा आएपछि पूँजी बजारमा सकारात्मक प्रभाव पर्ने र साना कम्पनीहरु थप आकर्षित हुन्छन्,’ उनले भने ।

अब छिट्टै बोर्डबाट नै पारित गरेर स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाउने बताए। एसएमई प्लेटफर्म आएपछि बजारमा सुनौलो युग सुरु हुने उनको दाबी छ।

यसअघि एसएमई प्लेटफर्म ल्याउन खोज्दा विभिन्न समस्या भएकोले अब भने नियमावली बनाउन लागिएको बताए। अध्यक्ष हमालका अनुसार नियामवलीको मस्यौदा तयार पार्न संचालक समितिकै सदस्यको नेतृत्वमा काम भईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*