यसकारण घट्यो किसान लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?

२४ माघ २०७९, मंगलवार १०:२३

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । यो नाफा गत आवको तुलनामा ९६.५०% ले कम हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३३.९८% ले घटेर ११ करोड ५६ लाख १६ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा किसान लघु्वित्तले १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको सञ्चालन नाफा ऋणात्मक रहेको छ । संस्थाको उक्त नाफा ४ करोड १९ लाख २६ हजार रुपैयाँले ऋणात्मक देखिएको छ । गत वर्षको यसैअवधिमा संस्थाले ६ करोड ५४ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यस अधधिसम्म संस्थाको खुद ब्याज आम्दानी घट्दा र संचालन मुनाफा समेत ऋणात्मक रहेकोले नाफा प्रभावित बन्न पुगेको हो । यता, लघुवित्तले यो त्रैमाससम्म प्रोभिजन बापत ६ करोड ७ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ ।

पुस मसान्तसम्म आइपुग्दा किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३५ करोड २२ लाख १९ हजार रुपैयाँ जम्मा रहेको छ । यस संस्थाको प्रतिसेयर आम्दानी ६७ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७२ पैसा छ ।

चालु आवको पुष मसान्तसम्म संस्थाले ४ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ सापटी लिई ६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै संस्थाको निक्षेप ०.१८ प्रतिशतले बढेर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*