कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा
२४ माघ २०७९, मंगलवार १०:३७

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमनअनुसार सो सेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।












