नबिल बैंकद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

२५ माघ २०७९, बुधबार १०:१७

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

बैंकले बुकक्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा उक्त लाभांश जम्मा गरिदिएको हो । साथै सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपश्चात् मात्रै उक्त लाभांश जम्मा हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*