समायोजनपछि समान हैसियत हुनुपर्ने माग गर्दै सिभिल बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सिभिल बैंक लिमिटेडका कर्मचारीहरु हिमालयन बैंकसँग मर्जरमा जादा कर्मचारीको अस्तित्व गुम्न नहुँने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
आज सिभिल बैंकका वरिष्ठ सहायक तहदेखि तल तहका कर्मचारीहरु हिमालयन बैंकसंग मर्जरमा जादा कायम रहेको दर्जा घटुवा गर्ने ब्यवस्थापन र एचआर निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
प्रधान कार्यालय सुन्धारासहित अन्य शाखाहरुका सम्पूर्ण कर्मचारीहरुले यो निर्णय नसच्याए सम्म आफ्ना सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । हिमालयन बैंकमा गाभिन जादा सिभिल बैकका कर्मचारीको पद घटाउने, सेवा सुबिधा कटौती गर्ने जस्ता निर्णयबिरुद्ध नेपाल राष्ट्र बैंकमा निवेदन दिने तयारी समेत भइरहेको सिभिल बैंकका कर्मचारीहरुले बताएका छन् ।
हिमालयनसंग एकीकृत कारोबार फागुन १० देखि गर्ने र मर्जरमा जाने निर्णय खारेज गर्न माग गर्दै आज नेपाल राष्ट्र बैंक हुदै सर्बोच्च अदालतमा रिट दायर गर्ने निर्णय कर्मचारी युनियनले गरेको छ ।












