प्रभु बैंक र एससीटीबीच सम्झौता, बैंकका ग्राहकहरुले अब फास्ट बैकिङ्गको सुविधा पाउने

२५ माघ २०७९, बुधबार १२:२७

काठमाडौँ । प्रभु बैंक लिमिटेड र स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त एससीटी र प्रभु बैंकबीच फास्ट बैकिङ्ग सेवा संचालनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख संचालक अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका हुन् ।

फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।

यस सम्झौतापश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिन्छ र फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिन्छ ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*