लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

२५ माघ २०७९, बुधबार १४:४६

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिले लघुवित्त खारेजीको मागसहित दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । लामो समयदेखि आन्दोलनरत पीडितहरुद्वारा लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहितको कार्यक्रम घोषणा गरेको हो ।

मंगलबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा गर्नु परेको बताए ।

संघर्ष समितिकी उपाध्यक्ष सशिला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रिय व्याज लगाएर आत्महत्या गर्न बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनिहरुको पक्षमा लागेको आरोप लगाइन् । उनले प्रहरी प्रशासनकै अगाडि आफुलाई हातपात गरेको र पीडित महिलालाई वित्तिय संस्थाका कर्मचारीहरुले जिउ बेचेर भएपनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन ।

धादिङका अनिल विसुङ्खेले कोरोना कालमाजस्तै अहिले लघुवित्तिय संस्थाहरु कालका रुपमा आएको बताए । इलाम स्थायी घर भएकी पीडित कुमारी राईले नेपाली समाजमा लघुवित्तिय आतंक बढ्दै गएको र त्यसमा सरकारले न्याय दिनुभन्दा उल्टै पीडककै पक्षमा लागेको बताइन् ।

लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगाएतका पाँचबुँदे माग राखेका छन् । सो मागहरु पुरा गर्नका लागि फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरण्णको आन्दोलनको घोषणा गरेका छन् ।

सो अनुसार फागुन १ गते पुर्व–पश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दिप प्रज्वलनसहित दिनको १२ बजेदेखि २ बजेसम्म सडकमा सुत्ने, फागुन २ मा ७७ ओटै जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुमा सहजिकरण पत्र बुझाउने, फागुन १६ गते ७७ ओटै जिल्ला प्रशासन अगाडी धर्ना, जुलुसका साथै विरोध प्रदर्शनहरु गर्ने, फागुन ३० गते काठमाडौ केन्द्रित सिंहदरबार अगाडी विशाल विरोध प्रदर्शन गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*