यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक

२५ माघ २०७९, बुधबार २२:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले यो साताको अन्तिम दिन शुक्रबार सञ्चालक समितिको बैठक बसेर दिउसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसै साता नआए अर्को सातामा आउने पक्का भएको राष्ट्र बैंकको स्रोतले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव मागेको थियो । सरोकारवालाहरुबाट सबै सुझाव आइसकेकोले मौद्रिक नीतिको समीक्षाको लागि राष्ट्र बैंक जुटेको छ ।

मौद्रिक नीतिको समीक्षामा व्यवसायीहरुले तरलता सहज बनाउने र महँगिएको ब्याजदरलाई घटाउने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । अहिले ब्याजदर अत्याधिक महँगो भएको हुँदा त्यसले व्यवसायीलाई समस्यामा परेकोले ब्याजदर घटाउने नीति लिनुपर्ने सुझाव दिएका छन्।

दोस्रो त्रैमासिक समीक्षामा केन्द्रिय बैंक सकारात्मक हुने आम निजि तथा लगानी योग्य क्षेत्रले आशा बोकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*