दुई अर्ब चुक्तापुँजी रहेको निर्धन उत्थान लघुवित्तको नाफा यसकारण घट्यो, इपीएस कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वननिक गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६५.८८ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पुष मसान्तसम्ममा लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्ममा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा पनि प्रभावित भएको हो । साथै, यसअवधिमा इम्पेयरमेन्ट चार्ज ह्वातै बढेकाले पनि नाफामा असर गरेको हो ।
गत वर्ष ४ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४१ करोड १२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाशः ९.०९% र ६५.९१% ले घटेका छन् ।
समिक्षा अवधिसम्म खुद नाफा घटेसँगै यस संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६५ पैसाले घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १३ करोड १४ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ ।
पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी २ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार २४.३९ प्रतिशतले बढेर कोषमा १ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको निक्षेप संकलन ११.१० प्रतिशतले बढेको छ भने कर्जा परिचालन २.०१ प्रतिशतले घटेको छ ।












