सोल्टी होटेलद्वारा शेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा
१९ फाल्गुन २०७९, शुक्रबार ११:५५

काठमाडौं । सोल्टी होटेल लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । होटेलले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
होटेलले पुस महिनाको २८ गते सम्पन्न ४८औं साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा पठाएको हो ।
गत पुष ७ गतेसम्म संस्थाको शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिएको होटेलले जनाएको छ । साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने संस्थाले जनाएको छ ।












