झिनो अंकले घट्यो नेप्से, १० उपसूचक राताम्य हुँदा कारोबार ८६ करोडमा सीमित

५ बैशाख २०८०, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नयाँ वर्षको सुरुवातसँगै शेयरबजार उकालो लाग्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु पुँजीबजारको खस्किँदो अवस्थाले गर्दा निराश बन्न पुगेका छन् । यसकारण कारोबार रकम समेत करोडमा सीमित हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचकको १.१२ प्रतिशतले घट्न पु्गेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*