छ्याङ्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद निष्काशन मुख्य प्रस्ताव

६ बैशाख २०८०, बुधबार १०:१३

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बिहिबार अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्नेगरी डोकेको हो ।

सो सभाले ४० प्रतिशत हकप्रद शेयर सम्बन्धी निर्णय रद्द गरी कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको पुँजी बृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ वैशाख १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*