आजसम्म कायम शेयरधनीले मात्रै घलेम्दी हाईड्रो साधारण सभामा भाग लिन पाउने

६ बैशाख २०८०, बुधबार १४:०६

काठमाडौं ।घलेम्दी हाईड्रो लिमिटेडले नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ।कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि वैशाख ०७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमाआज सम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।कम्पनीले वार्षिक साधारण सभा सासा ब्याङ्केट, नयाँबजार, काठमाण्डौँमा बिहान १०स्३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष ९आ।व० २०७८र०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७८र०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ।व २०७९र०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै सभाले कम्पनीको १स्२ हकप्रद शेयर निष्कासन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मे।वा। ९एच्यच्० लगानी गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*