नयाँ वर्षमा पहिलो पटक शेयरबजारमा हरियाली, १२ उपसूचक बढ्यो

६ बैशाख २०८०, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको छ ।

तर शेयरबजारमा केही सुधार देखिएपनि यता कारोबार रकम भने माथि उक्लिन सकेको छैन । आम शेयर लगानीकर्ताहरुमा शेयरबजारप्रति मोह घट्दै गइरहेको पहिल्लो कारोबार रकमले देखाएको छ । आज शेयरबजारमा जम्मा ८७ करोड २१ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड माथिको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज विकास बैंक उपसूचक १.२७ प्रतिशतले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*