रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

७ बैशाख २०८०, बिहीबार १०:१४

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि विद्युत नियमन आयोगले प्रारम्भिक सहमति पाएको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि वार्षिक साधारण सभामा पेस गर्न प्रारम्भिक सहमति प्रदान गरेको हो । कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को ४० प्रतिशत बोनस शेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

अब कम्पनीले हकप्रद शेयर निष्काशन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*