आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
७ बैशाख २०८०, बिहीबार १५:०७

काठमाडौं । आज नेप्से ओरालो लागेको छ। बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सन्तोषजनक नदेखिएपछि शेयर बजार ओरालो लागेको हो ।निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको कालिन्चोक दर्शनको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, आज मैलुङ खोला, सनराईज ब्लु चिप, सनराईज फस्र्ट म्युचुअल फण्ड, एभरेष्ट बैंक,धौलागिरी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, खप्तड लघुवित्तको शेयर उकालो तर्फ लागेको छ।













