मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

८ बैशाख २०८०, शुक्रबार १३:०८

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् । हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति २०७९।०१।१८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*