नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको पहिलो आवेदन दर्ता, कुन समूहको लगानी छ ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको समूहले नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको लागि आवेदन दिएको छ। हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेन्जको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको हो । हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेञ्जको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको हो।
वैशाख १० गते अन्तिम दिने समय तोकिएको छ । स्टक एक्सचेञ्जमा आवेदन खुलेको एक सातामा नै हिमालयन स्टक एक्सचेञ्जले लाईसेन्सको लागि दर्ता गराएको हो ।बोर्डले गत असोज २ गते स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो ।
अदालतको आदेशले प्रक्रिया स्थगन भएको थियो । अदालतले लाईसेन्स वितरण गर्ने बाटो खोलिदिएसँगै चैत ३० गते बोर्डले आवेदन माग गरेको थियो ।जसमा पहिलोपटक दर्ता गर्ने कम्पनी हिमालयन स्टक एक्सचेञ्ज बन्न सफल भएको छ।एक्सचेन्जमा शंकर समुह र दिप भट्ट समुहको लगानी रहेको छ।
स्टक एक्सचेञ्जको प्रमुख शेयरधनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीकोआधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायत छन् ।
कम्पनीमा मोतिलाल दुंगडका छोरा विवेक दुगडले पनि लगानी गरेका छन् । यो समूहशले गत आर्थिक बर्षमा वर्ष हिमालय रि इस्योरेन्समा लगानी गरेका छ । हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत कम्पनीले राम्रौ कारोबार गर्दै आएको छ।
हिमालयन स्टकमा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष उपेन्द्र महतो र जिवा लामिछाने इच्छुक देखिएका तर आन्तरिक छलफलमा भने यो सम्भव हुन सकने ।












