सिद्धार्थ ग्रोथ स्कीम–३ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज (वैशाख १० गते)आइतबार अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३फन्ड बिक्री खुला गरेको हो । क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो ।
जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ ।
यो बन्दमुखी योजना हो । फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यस इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।












