यी हुन् आज मोलुङ्ग हाइड्रोपावरसहित सर्वाधिक कारोबार हुने १० कम्पनी
१० बैशाख २०८०, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ ।
आज शेयरबजारमा जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ ।
सर्वाधिक आज मोलुङ्ग हाइड्रोपावरको ३ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख, एनआइसी एशिया बैंकको २ करोड ३८ लाख, नबिल बैंकको २ करोड १२ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













