एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फण्डको यस्तो देखियो वित्तीय अवस्था

१४ जेष्ठ २०८०, आईतवार १०:४६

काठमाण्डौ । एनआईसी एसिया बैंक कोष प्रबद्र्धक तथा एनआइसी एशिया क्यापिटल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुले वैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । एनआइसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो । वैशाखमा यी ४ वटै म्युचुअल फन्डको न्याभ घट्न पुगेको छ ।

वैशाखमा एनआइसी एशिया सेलेक्ट–३० को न्याभ घटेर ९.९७ रुपैयाँ कायम भएको छ । गत फागुनमा पनि न्याभ १०.१५ रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६० करोड ११ लाख रुपैयाँ लगानी भएको छ । गत फागुनसम्म यस्तो लगानी ५७ करोड ३० लाख रुपैयाँ थियो ।

साथै वैशाखमा एनआइसी एशिया डाइनामिक डेप्ट फन्डको न्याभ पनि सामान्य घटेर १०.४४ रुपैयाँ कायम भएको छ । गत फागुनमा यो योजनाको न्याभ १०.५३ रुपैयाँ थियो । यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४६ करोड ९१ लाख रुपैयाँ लगानी भएको छ । गत फागुनसम्म यस्तो लगानी ४६ करोड ३ लाख रुपैयाँ थियो । वैशाखमा यो योजनाको कुल नाफा १ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत फागुनमा कुल नाफा २ करोड २१ लाख रुपैयाँ थियो ।

त्यस्तै, एनआइसी एशिया ग्रोथ फन्डको न्याभ भने सामान्य घटेर १०.८७ रुपैयाँ कायम भएको छ । गत फागुनमा न्याभ ११.२३ रुपैयाँ थियो । यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड २ लाख रुपैयाँ लगानी भएको छ । गत फागुनसम्म यस्तो लगानी ८१ करोड ९३ लाख रुपैयाँ थियो ।
वैशाखमा यो योजनाको कुल नाफा ६ करोड ५० लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा ९ करोड ४८ लाख रुपैयाँ थियो ।

यसका साथै एनआइसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्सड् फन्डको न्याभ पनि घटेर १०.४२ रुपैयाँ नै कायम भएको छ । गत फागुनमा पनि न्याभ १०.७३ रुपैयाँ नै थियो । यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७१ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ७४ करोड ६ लाख रुपैयाँ थियो ।

वैशाखमा यो योजनाको कुल नाफा २ करोड ७४ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा ४ करोड १५ लाख रुपैयाँ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*