विद्युत प्राधिकरण र एचआईडीसीएलको पुनर्संचना गर्ने

काठमाडौं । सरकारले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस) र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस(को पुनर्संचरना गरी प्रभावकारी बनाइनेछ’, उनले भने।
यसैगरी नेपाल विद्युत प्राधिकरण पुनर्संरचना कार्य अगाडि बढाइने पनि अर्थमन्त्री महतले बताए। ‘विद्युत विकास र प्रसारणलाई व्यावसायिक संस्थासरह ऋण परिचालन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनेछ’, उनले भने।
जलविद्युत निर्यात आयको महत्वपूर्ण स्रोतका रुपमा विकास गरिनेछ। निजी क्षेत्रलाई समेत विद्युत व्यापार संलग्न गरिने व्यजवस्था बजेटमा रहेको छ।












