शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग, नगरे आन्दोलन गर्ने चेतावनी

१७ जेष्ठ २०८०, बुधबार १२:१३

काठमाडौं । शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ। लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। शेयर लगानीकताले हाल लिइदै आएको पुँजीगत लाभकरलाई अन्तिम कर नमाने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारबाट प्रस्तुत बजेटप्रति हामी लगानीकर्ताका संघसंगठनको गम्भीर ध्यानाकर्षण लगानीकर्ताहरुको रहेको छ । लगानीकर्ताका संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभ करलाई अन्तिम कर कायम नगरे सेयर बजारका लाखौं लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुने जनाएका छन् ।

अहिले लगानीकर्ताले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत रुपमा ७.५ प्रतिशत पुँजीगत लाभ कर तिरिरहेका छन् । त्यसलाई अन्तिम कर कायम गर्नुपर्ने उनीहरुको माग रहेको छ ।सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विद्येयक मार्फत ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थाः प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आव २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम सम्वत २०८० साल चैत्र मसान्त भित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आवहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ” बमोजिम आव २०७६/७७ देखि २०७८/७९ सम्मको कारोबार घोषणा गरी कर भुक्तानी गर्ने’ भन्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाको सेयर लगानीकर्ताहरुले विरोध गरिरहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*