शेयरबजारमा छायो हरियाली, सबै उपसूचक बृद्धि, निर्जीवन बीमा इन्डेक्स सर्वाधिक बढ्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
बजेटमार्फत माग सम्बोधन नभएपछि बिहिबारदेखि लगानीकर्ताहरु आन्दोलनरत छन् । पुँजीगत लाभकरको विषयमा आफुहरुले माग राख्दै आएको सम्बोधन नभएपछि लगानीकर्ताहरुले ब्रोकरको टिएमएस बन्द गरी आन्दोलनमा समर्थन जनाउन समेत लगानीकर्ता र ब्रोकर कम्पनीलाई आग्रह गरेको छ ।
यसैका वाबजुत पनि आज शेयरबजारमा अघिल्ला दिनको तुलनामा कारोबार रकम घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ ।












