बिओेके क्यापिटल मार्केटको विशेष साधारण सभा असार ३ मा, यस्ता छन् प्रस्ताव

१८ जेष्ठ २०८०, बिहीबार १६:३९

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको संचालक समितिको जेठ १२ को निर्णयले सभा असार ३ गते कम्पनी रजिष्टर्डको कार्यालय, नक्साल, काठमाडौंमा बस्ने भएको हो । सभा विहान ९ बजे बस्ने कम्पनीले जनाएको छ ।

सभाले बिओके क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापीटल लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनको लागि कम्पनीको सञ्चालक समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन कर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टेट अकाउन्टेट्सको नियुक्ती तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्र लगायतका गाभ्ने तथा गाभिने प्रयोजनको सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई पारित गर्ने छ ।

सभाले बिओके क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापीटल लिमिटेडले एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) गर्ने प्रयोजनको लागि नियुक्त मूल्याङ्कनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टेट अकाउन्टेट्सबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान १०० ५३.१७ को आधारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने छ ।

बिओके क्यापिटल मार्केट लिमिटेडलाई ग्लोबल आइएमई क्यापीटल लिमिटेडले गाभ्ने । प्राप्ति गर्ने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयमा अन्तिम स्वीकृतिको लागि निवेदन दिने र अन्य सम्पूर्ण आवश्यक कार्यहरु निर्वाध रुपमा सम्पन्न गर्न । गराउन एवं मर्जरको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारीहरुबाट कुनै बिषयमा थपघट वा आवश्यक संशोधन गर्न निर्देशन भएमा सोही अनुरुप आवश्यक संशोधन, परिमार्जन तथा मर्जरको सम्बन्धमा गरिएको वा गरिने सम्झौता अनुरुप गर्नुपर्ने अन्य सम्पूर्ण काम कारवाहीहरुको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*