रावा इनर्जीको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि निष्काशन गरेको आईपीओमा २ लाख ३३ हजार २९० आवेदन परेका छन् । जुन २६ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको २६ लाख १० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।












