आन्तरिक राजस्व विभाग र लगानीकर्ताबीच सहमती,अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने

१८ जेष्ठ २०८०, बिहीबार १७:५६

काठमाडौं । लगानीकर्ताको अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति“ राख्ने सहमति भएको छ । हिजो आन्तरिक राजस्व विभागले नियमित र पटके भन्ने सूचना जारी गर्दै रुष्ट भएका थिए । यसको अर्थ खोज्न लगानीकर्ताहरु सामाजिक संजालदेखि नियामक निकाय र कानुनविद्सम्म पुगेका थिए ।

सोही विषयमा आज लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधीहरू र आन्तरिक राजस्व विभागका अधिकृतहरूबीच छलफल भएको छ ।

आन्तरिक राजस्व विभागका डि. जि. दिर्घ मैनालीसँग बसेको लगानीकर्ताको बैठकमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति शब्द“ राखिने सहमति भएको छ । उक्त छलफलमा पुँजिबजारका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*