सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२१ जेष्ठ २०८०, आईतवार १०:२०

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २४ हजार ५५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनी न्हुछेभक्त कुटुवाजुको ९ हजार कित्ता र सानुकाजी त्वानाबासुको १५ हजार ५५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय, कुपण्डोल ललितपुरमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*