लगानीकर्ताको माग सम्बोधनपछि शेयरबजारमा ५३ अंकको बढोत्तरी, सबै उपसूचकमा छायो हरियाली

२१ जेष्ठ २०८०, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामा पुुँजीगत लाभकर नघटाई उल्टै शेयर लगानी वा व्यवसाय गर्ने लगानीकर्ताहरुका लागि थप आयकरको व्यवस्था गरेसँगै लगानीकर्ताहरु आक्रोशित बनेका थिए ।

बजेट घोषणालगत्तै उच्च अंकले घटेको शेयरबजारमा आज एकाएक आक्रामक सुधार देखिएको छ । लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग आज अर्थमन्त्रालयबाट सम्बोधन भएसँगै शेयरबजार ५३ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको ७.३७ अंकले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ४.५४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*