शिवम् सिमेन्ट्स, आईजीआई प्रुडेन्सियल सानिमा माई र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुम्मिए
२२ जेष्ठ २०८०, सोमबार १३:०८

काठमाडौं । हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स, सानिमा माई र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ ।
शिव्म सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस समयसम्मा ७ करोड ३१ लाखको शेयर खरिदबिक्रि भईसेको छ।
त्यस्तै, आईजीआई पु्रडेन्सियलको ६ करोड ७५ लाख रुपैयाँ, सानिमा माई हाईड्रोपावरको ५ करोड २० लाख रुपैयाँ र चिलिमेको ४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।













