जन्मदिनमा आमालाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

२३ जेष्ठ २०८०, मंगलवार १६:०९

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा कल्याणपुर ७ निवासी करिश्मा श्रेष्ठले आफ्नी आमा उर्मिला श्रेष्ठलाई जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसि उपहार दिएकी छिन् ।

कल्याणपुर –७ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आएकी करिश्मा श्रेष्ठले आफ्नी आमा उर्मिला श्रेष्ठलाई ५ लाख रुपैयाँ बिमाङ्कको जीवन बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् । विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी बीमा पोलिसी उपहार दिदा आमाको भविष्य सुनिश्चित हुने हुँदा सिटिजन शुभारम्भ बीमा योजनाको पोलिसि उपहार दिएकी करिश्माले बताइन् ।

कम्पनीको सिटिजन शुभारम्भ योजना अन्तर्गत ७ वटा अतिरिक्त सुविधा सहितको बीमा र अवधी समाप्तिमा वीमाङ्क रकम र बोनस रकम एकमुष्ट उपलब्ध हुन्छ । ‘हामी नेपालीले ठूलो रकम पाउनको लागि केहि न केहि सम्पत्ति बेच्नुपर्ने वा धितो राख्नुपर्ने अवस्थालाई रुपान्तरण गर्न थोरै थोरै रकम जम्मा गरी भविष्यमा ठूलो रकम प्राप्त हुने र सानो रकमले आफ्नो जीबनमा आइपर्ने जोखिम समेत वहन हुने भएकाले जीवन बीमा अत्यावश्यक रहेको सिटिजन लिडर राधा देवी श्रेष्ठ (उदय)ले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*