नेशनल लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने, कहिलेदेखि पाइन्छ छुट ?

२४ जेष्ठ २०८०, बुधबार १७:४७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

नेशनल लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा जेठ २५ गतेदेखि असार १५ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा छुट दिने भएको हो ।

कम्पनीले २०७६ साल चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, २०७३ साल वैशाख २ गतेदेखि २०७६ सालख चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७३ साल चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत छुट दिने जनाएको छ ।

 

May be an image of text

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*