नागरिक लगानी कोषको शेयरमा लगानीकर्ताको आकर्षण, यस्तो छ कारण

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालनमा आएसँगै दोस्रो बजारमा नागरिक लगानी कोषमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ । आज सर्वाधिक खरिद बिक्रि भएको शेयरमा नागरिक लगानी कोष रहेको छ।
कम्पनीको आज दोस्रो बजारमा ७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार सुरु भएको छ।आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ५ करोड ६६ लाख, एनटिसीको ५ करोड ६२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनको ४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार सुरु भएको छ।
नागरिक स्टक डिलर कम्पनी लिमिटेडले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालन गरेको छ । नेप्सेले यस डिलर कम्पनीलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ ।कम्पनीले जेठ २५ गतेबाट औपचारिक रुपमा नयाँ बानेश्वर स्थित कार्यालय (नागरिक लगानी कोषको पुरानो भवन)बाट धितोपत्र दलाल सेवाको सुरुवात गरेको हो ।













