नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२८ जेष्ठ २०८०, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । गत साता घटबढको उतारचढाव देखिएको नेप्से परिसूचक आज ४० अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।
शेयरबजारमा हरियाली छाएसँगै आज कारोबार रकम समेत ३ अर्ब नाघेको छ । केही दिनयताको तुलनामा कारोबार रकम बढेर ३ अर्ब नाघेको हो । आज धितोपत्र दोस्रो बजारमा ३ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक नागरिक लगानी कोषको ११ करोड ३६ रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख, नेपाल टेलिकमको ८ करोड ११ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













