नेपाल रिपब्लिक मिडियाको आइपीओमा करिब ७७ करोड रुपैयाँको आवेदन

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा ७६ करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज साँझ ५ः६ बजेसम्ममा ६ लाख ९९ हजार २१० जना सर्वसाधारण लगानीकर्ताले ७६ लाख ९३ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २।१२ गुणा वढी आवेदन हो ।
कम्पनीले शुक्रबार (जेठ २६ गते) देखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४।९९२२५ अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।
यस्तै, ५५ ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४५ ले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।












