यी हुन आज सोल्टी होटलसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२९ जेष्ठ २०८०, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । आज शेयरबजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक सोल्टी होटल लिमिटेडको १५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको १० करोड ११ लाख, शिव श्री हाइड्रोपावरको ९ करोड ५८ लाख, नागरिक लगानी कोषको ७ करोड १५ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*