झिनो अंकले बढ्यो नेप्से, होटलहरुको शेयरमूल्यमा उछाल

२९ जेष्ठ २०८०, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । आज शेयरबजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पौने ३ अर्बको कारोबार भएको हो ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको आज १०।७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको शेयरमूल्यमा आज उछाल आएको छ । त्यस्तै, यता फाइनान्स उपसूचक सर्वाधिक ०।९६ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*