यो साता वाणिज्य बैंकको शेयरमूल्यमा देखिएन लगानीकर्ताको आकर्षण, १८ बैंकको शेयरमूल्य घट्यो, कुनको कति ? (एलटीपीसहित)

९ असार २०८०, शनिबार ०८:००

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपालमा संचालनमा रहेका अधिकांस वाणिज्य बैंकको शेयरमूल्य घटेको छ । धितोपत्र बजारमा कारोबार भएका २० वाणिज्य बैंकहरु एक बैंकको शेयरमूल्य बढेको र १९ वटा बैंकको घटेको छ ।

साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको थियो । कारोबारको अन्तिम दिन शेयर बजार ४.७५ अकले बढेर २०५५.५३ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार सामान्य अंकले बढेतापनि बैंकिङ्ग उपसूचक चाँही घटेको छ । अन्तिम कारोबारको समयसम्म बैकिङ्ग सूचक ०.५७ प्रतिशतले घटेर १२०७.११ को बिन्दुमा कायम भएको छ ।

साताको अन्तिम कारोबारको दिन २ सय ७६ वटा कम्पनीका ८० लाख ८ हजार २४६ कित्ता शेयर बिक्री भई तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ ।

साता कारोबारको अन्तिम समयसम्म कारोबार भएका २० बाणिज्य बैंकहरु मध्ये १ बैंकको मात्र शेयरमूल्य बढेको छ । यस समयसम्ममा १ बैंकको शेयर कारोबार सोही मूल्यमा कायम रहेको छ । साताको अन्तिम कारोबारमा १८ वटा वाणिज्य बैंकको शेयरमूल्य घटेको छ ।

शेयरमूल्यको आधारमा
साता कारोबारको अन्तिम समयसम्म कारोबार भएका वाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया बैंकको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । बैंकको शेयरमूल्य ७५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस्तै, दोस्रो नम्बरमा नविल बैंक रहेको छ । कम्पनीको शेयरमूल्य ५८८.५० रुपैयाँ र एभरेष्ट बैंकको ५४२ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, स्ट्याण्डर्ट चार्टेट बैंकको ५१४ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३३० रुपैयाँ, नेपाल बैंकको २४८ रुपैयाँ, सानिमा बैंकको २४५ रुपैयाँ, सिद्धार्थ बैंकको २४५.३० रुपैयाँमा साताको अन्तिम कारोबार भएको थियो ।

यस समयमासम्ममा कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य सबैभन्दा कम रहेको थियो । दुबै बैंकको शेयर कारोबार १६१ रुपैयाँमा भएको थियो ।

यस साताको अन्तिम कारोबारमा प्राइम कमर्सियल बैंकको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । बैंकको अन्तिम कारोबार ०.२६ प्रतिशतले बढेर १९२ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, एनआइसी एशिया बैंकको शेयर कारोबार स्वहीमूल्यमा स्थिर रहेको थियो भने अन्य बाकि रहेका १८ वाणिज्य बैंकको शेयरमूल्य घटेको छ । जसमा एनएमबि बैंकको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*