यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी, शिवम् सिमेन्ट्स र सिटि होटलमा लगानीकर्ताको आकर्षण
१० असार २०८०, आईतवार १५:०२

काठमाडौं । सुरुमा झिनो अंकको सुधार आएका शेयर बजार करेक्सन हुँदै आज ६२।२१ अंकले बढेर २११७।७३ को विन्दुमा कायम भएको छ। नेप्सेमा हरीयाली छाँउदा आज सबै उपसूचकमा हरीयाली छाएको छ ।
शिव्म सिमेन्ट्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सोल्टि होटल, हिमालयन डिष्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ, नेपाल टेलिकम, सूर्य ज्योति लाइफ, एशियन लाइफ नागरिक लगानी कोष र हिमालयन एभरेष्टको सर्वाधिक कारोबार भएको छ ।













