अप्पर स्याङ्गेको आईपीओमा पहिलो दिनमै ५.१६ गुणा बढीको आवेदन

१० असार २०८०, आईतवार १७:४१

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै ५.१६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ः०५ बजेसम्ममा २ लाख ५१ हजार ७९९ आवेदनबाट २७ करोड ८७ लाख ६ करोड रुपैयाँ बराबरको २७ लाख ८७ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९।५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*