नेपाल रिपब्लिक मिडियाको आइपीओ आज बाँडफाँड हुँदैं, कतिको होला हात खाली ?

नेपाल रिपब्लिक मिडियाको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ होटल अलफ्ट, ठमेल काठमाडौंमा बाँडफाँड बस्दैछ ।
कम्पनीको आइपीओको अन्तिम दिन सम्ममा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँको आवेदन परेको थियो । जुन सर्वसाधारणको लागि निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता शेयरको २।९६ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४।९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता शेयर छुटाएको थियो । कर्मचारीलाई कुल शेयर मध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारणले गर्दा गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।












