दिब्यश्वरी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, विद्युत नियमनबाट पायो अनुमति

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार १० गते बसेको संचालक समितिको बैठकको निर्णयले हाल कायम चुक्ता पुंजी १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगले स्वीकृति दिएपछि , कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
d











